Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्मला पन्त प्रकरणमा जस्तो नहोस् : प्रचण्ड-माधव समुह


    शनिबार, माघ २४ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

    अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति जारी गर्दै घटनाले आफूहरु स्तब्ध भएको बताएका छन् । ‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भत्र्सना गर्दछौं’ उनीहरुले भनेका छन् ।

    कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीहरु पक्राउ नपर्दै भएको बैतडीको यो घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको प्रमाणित भएको प्रचण्ड-माधव समूहकाे दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार