Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक इन्च तलमाथि भए कारबाही हुन्छ : मन्त्री तुम्बाहाङ्फे


    शनिबार, माघ २४ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिएकी छिन् । 

    भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई काठमाडौंमा शनिबार निर्देशन दिँदै मन्त्री तुम्बाहाङ्फेले कानुनभन्दा बाहिर गएर काम कारबाही नगर्न निर्देशन दिइन् । ‘तपाईँहरुले निश्चित अधिकारमात्रै दिइएको छ,’ उनको भनाइ थियो, ‘ऐनविपरीत जानुभयो भने कानुनी दायराभित्र आउनुपर्छ । एक इन्च बाहिर जानुभयो भने कारबाही हुन्छ ।’

    मन्त्री तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत गराउादै त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन निर्देशन दिइन्। ‘पुर्जा दिलाइदिन्छु भनेर पैसा लिएर तपाईँहरुलाई प्रभावित बनाउने समूह आउँछ,’ उनले भनिन्, ‘यही बेला हो सम्पत्ति जोड्छु भन्ने लागेको छ भने मनबाट हटाइदिनुहोला ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार