Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक: डा.भट्टराई


    शुक्रबार, भाद्र २७ २०८२
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले जेन जेडले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक रहेको बताएका छन् ।

    डा.भट्टराईले आज एक वक्तव्य जारी गर्दै भनेका छन्– ‘नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेन जेडका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्व प्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही छ। उहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्दछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार