Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • पूर्व एसपी नरेन्द्र उप्रेती कांग्रेसमा प्रवेश


    शनिबार, माघ २४ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनसँगै नेपाली कांग्रेसमा प्रवेश गर्ने क्रम बढेको छ । नेकपा एक छउन्जेल कांग्रेसतिर कमै आकर्षण थियो । तर विभाजन भएपछि कांग्रेस प्रवेश गर्ने क्रम बढेको छ ।

    अवकाशप्राप्त प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेती नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मोरङको सुन्दरहरैंचामा आयोजित समारोहका बीच पार्टी प्रवेश गराएका हुन् । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा नपरेपछि असन्तुष्टि जनाउँदै २७ माघ २०७५ मा उनले प्रहरीबाट राजीनामा दिएका थिए ।

    उप्रेतीसँगै राप्रपाका पूर्वकेन्द्रीय सदस्य कृष्ण भट्टराई, पूर्वसहसचिव प्रेमप्रकाश उप्रेतीसहित २ सय ३३ जना विभिन्न पार्टीमा आवद्ध ब्यक्तिहरु कांग्रेस प्रवेश गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार