Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साढे ३८ क्वीन्टल सुन तस्करीका नाइके गोरे पनि फरार


    बिहिबार, भाद्र २६ २०८२
    900
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। बहुचर्चित सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेती गोरे पनि फरार भएका छन्। सुन तस्करी र व्यक्ति हत्याका नाइके गोरे सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका हुन् ।

    जेनजीको प्रदर्शन उग्र बनेपछि कारागारमा आगजनी र तोडफोड गर्दै कैदीहरु भागेका थिए। सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी फरार भएका थिए ।

    कारागारमा रहेका ३८ सय कैदीबन्दी मध्ये ५ सय मात्रै कारागारमा बसेका थिए । अहिले भने भागेका केही कैदीबन्दी फर्किएका छन् । केही भने फर्कने क्रममा रहेको बताइएको छ ।

    नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेको सुरक्षा स्रोत बताउँछ । त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वाटर पुगेको थियो।

    अनि बल्ल नेपाली सेना कारागार पुगेको थियो। त्यतिन्जेलसम्म करिब ३३ सय कैदीबन्दी फरार भइसकेको बताइन्छ ।

    सुन्धारा कारागारबाट फरार भएका गोरे साढे ३८ क्वीन्टल सुन काण्डमा जोडिएका थिए । मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रुपमा प्रयोग भएका उनको हत्या भएको पत्ता लगाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार