Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निषेधाज्ञाकै बीच ४ घण्टाका लागि खुले बैंक


    बिहिबार, भाद्र २६ २०८२
    640
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। निषेधाज्ञाकै बीच काठमाडौँ उपत्यकामा बैंकहरू खुल्न थालेका छन्।

    गएको सोमबार जेनजी आन्दोलले उग्र रुप लिए सँगै बन्द भएका बैंकहरू बिहीबारदेखि पुन: सञ्चालनमा आएका हुन्।

    आन्दोलका क्रममा विभिन्न स्थानका बैंकहरूमा आगजनी तथा लुटपाट भएको थियो।

    नगन्य क्षतिकैबीच बैंकका सीईओहरूको संगठन बैंकर्स संघले बिहीबार चार घण्टाका लागि बैंकहरू खुलाउने निणर्य गरेको हो। बिहीबार बिहान १० बजेदेखि सञ्चलनमा आएका बैंक दिउँसो २ बजेसम्म खुला रहनेछन्। संघले अधिकतम तीनवटा शाखासम्म खोल्न भनेको छ।

    संघको निर्णय पालाना गर्दै अहिले काठमाडौँका बाणिज्य बैंकहरूले आफ्ना शाखा कार्यलयहरूबाट सेवा दिइरहेका छन् भने विकास बैंकहरूले पनि फाट्टफुट्ट रुपमा सेवा दिन थालेका छन्।

    यो सँगै अन्य वित्तीय सेवा प्रदायक संस्थाहरूले पनि आजबाट आंशिक रूपमा सेवा सुचारु गरेका छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार