Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • कार्यालय छाडेका प्रहरीलाई तत्काल सम्पर्क गर्न हेडक्वार्टरको सर्कुलर


    बुधबार, भाद्र २५ २०८२
    725
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जेनजीको प्रदर्शन चर्किएसँगै कार्यालय छाडेर हिँडेका प्रहरीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ ।

    मंगलबार प्रदर्शनकारीहरूले काठमाडौँ उपत्यकाका दर्जन बढी कार्यालयमा आगजनी गरेका थिए । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरी कर्मचारीहरू कार्यालय र हतियार छाडेर सुरक्षित स्थानतर्फ गएका थिए ।

    कार्यालय छाडेर हिँडेकाहरूलाई प्रधान कार्यालयले सम्पर्कमा आउन सर्कुलर गर्दै भनेको छ, ‘सम्पूर्ण प्रहरी कार्यालयहरूमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरू आ–आफ्नो कार्यालयमा तुरुन्त सम्पर्कमा जानुहुन निर्देशानुसार अनुरोध गरिएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार