Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालिमाटीमा गोली लागेर घाइते अर्का व्यक्तिको पनि निधन


    बुधबार, भाद्र २५ २०८२
    450
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कालिमाटीमा हिजो प्रहरीले चलाएको गोलीले अर्का व्यक्तिको पनि निधन भएको छ । उदयपुरका ३० वर्षीय देवकुमार सुवेदीको आज बिहान निधन भएको हो।

    हिजो दिउँसो २ बजेतिर, प्रदर्शन चर्किदै गर्दा प्रहरीले चलाएको गोली सिधै सुवेदीको पेटमा लागेको थियो । पेट च्यातिँदै आन्द्रा बाहिर आएको थियो । तत्कालै बयोदा अस्पताल पुर्‍याइए पनि धेरै रगत बगेको थियो । डाक्टरले गरेको प्रयास असफल भयो र आज बिहान ९ बजे सुवेदीको निधन उनका जेठान मनिष बास्तोलाले जानकारी दिए।

    हिजो प्रहरीको गोली लागेर कालिमाटी पुल नजिकै ३ जना घाइते भएका थिए । ति मध्ये अर्जुन भट्ट र दिपक साउदको हिजो राति नै निधन भइसकेको अस्पतालले जनाएको छ । सुवेदीले आज बिहान ज्यान गुमाएका हुन् । सुवेदीको निधनसँगै मृतकको संख्या तीन पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार