काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशमा उत्पन्न राजनीतिक समस्याको समाधान गर्न संविधानलाई नै मार्गदर्शकका रूपमा लिनुपर्ने बताए ।
उनले आज एक सन्देश जारी गर्दै राज्यका सबै संरचना अस्तव्यस्त भएको अहिलेको अवस्थामा संविधानभन्दा बाहिरबाट खोजिने समाधान दीर्घकालीन हुन नसक्ने उल्लेख गरे ।
राजनीतिक पार्टी अहिले उपरोक्त राज्यशक्तिभन्दा पछाडि परेको जटिल अवस्थाबाट देशलाई आवश्यक दिशानिर्देश गर्ने मुख्यतः नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र निजामती कर्मचारीको जिम्मेवारी भएको उल्लेख गर्दै नेता गौतमले नेपाली भूमिको रक्षा, जनताको रक्षा, आफ्नो सार्वभौमिकताको रक्षाका निम्ति आग्रह गरे ।
मुलुकको राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता तथा सामाजिक सद्भाव कायम गर्न सबै संवेदनशील हुनुपर्नेमा जोड दिँदै उनले भने, “जब राज्य कमजोर हुन्छ सबै आधार कमजोर हुन्छन्, त्यस्तो अवस्थामा कि राज्य टुक्रिन्छ कि देश विदेशीको कब्जामा जान्छ ।”
नेता गौतमले जनताको आर्थिक विकास तथा समृद्धिको चाहना तथा ऐतिहासिक जिम्मेवारी पूरा गर्न सम्बन्धित निकायले ढिलासुस्ती गर्न नहुने बताए ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend