काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महत्त्वपूर्ण कागजातहरू जलेका छन् ।
जेन जेड आन्दोलनका दौरान बबरमहलस्थित प्राधिकरणको कार्यालयमा मंगलबार आगजनी गरिएको थियो । सो क्रममा कार्यालयमा रहेका सबैजसो कागजात काम नलाग्ने गरी जलेको प्राधिकरणले जनाएको छ ।
अहिले प्राधिकरणको दुई वटा कार्यालयबाट काम भइरहेको छ । त्यसमध्ये सिनामंगल कार्यालय भने सुरक्षित छ ।
बबरमहलस्थित कार्यालयमा प्राधिकरण बोर्डको सचिवालय रहेको थियो । यसैगरी प्रशासन विभाग, वित्त विभाग, आन्तरिक अडिट विभाग यहाँ थिए ।
यसैगरी वायुसेवा कम्पनीहरूको नियमका लागि महत्त्वपूर्ण मानिने सीएनएस, एटीएम, डीएएफडी, आरएफएफ जस्ता विभागहरू समेत यही बिल्डिङमा थिए ।
प्राधिकरणको सेन्ट्रल लाइब्रेरी र कानुन विभागका कागजात समेत सँगै जलेका छन्। आगजनीका कारण नागरिक उड्डयन प्राधिकरणका अधिकांश महत्त्वपूर्ण डाटा ध्वस्त बनेको बताइएको छ ।
प्राधिकरणको विमानस्थल कार्यालयलाई भने सेनाले सुरक्षा दिएको थियो । अवस्था केही सामान्य हुनासाथ उडानहरू खुल्ने विमानस्थल कार्यालयले जनाएको छ
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend