Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्च अदालतका सबै मुद्दाको सुनुवाइ स्थगित


    बुधबार, भाद्र २५ २०८२
    790
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले आजका लागि तोकिएका मुद्दाहरूको पेशी अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ । अदालतले आज जारी गरेको सूचनामा उल्लेख भएअनुसार भदौ २४ गतेका लागि तोकिएका मुद्दाहरूको पेशी हाललाई स्थगित गरिएको हो ।

    यस्तै भोलीदेखिका पेशीमा रहेका मुद्दाहरूको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । सर्वोच्च अदालतले यसबाट सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति दुःख व्यक्त गरेको छ ।

    जेन जी आन्दोलनकारीहरूले अदालतमा आगजनी गर्दा अदालत पूर्णरुपमा जलेको छ । अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार