Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • सिंहदरवार खाली गर्दै कर्मचारी जति ओली नेकपाको जनप्रदर्शनमा


    शुक्रबार, माघ २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा ओली समूहको शुक्रबारको जनप्रदर्शनमा अपेक्षा अनुरुप सहभागिता हुन नसकेको बुझाई सोही समूहका नेताहरुले समेत गरेका छन् । प्रत्येक जिल्ला र जनवर्गीय संगठनहरुलाई संख्या तोकेरै मानिस ल्याउने जिम्मा दिइएको भए पनि आशा गरे अनुरुपको जनशक्ति देखाउन ओली समूहले सकेन ।

    १ निर्वाचन क्षेत्र बराबर ३ हजारका दरले मानिस ल्याउने जिम्मा दिइएको थियो । तर त्यसअनुसार जनसहभागिता नभएपछि प्रधानमन्त्री केपी ओलीको भाषण पनि पहिलाको जस्तो दमदार नभएको महसुस गर्दै सहभागी फर्किएका छन् । आज मौसम अत्यन्त चिसो र पानी समेत परेपछि सभामा आएकाहरु सडकमा बस्न सक्ने अवस्था समेत थिएन ।

    नेकपा ओली समूहका नेता महेश बस्नेतले ३ लाख मानिस भेला गर्ने बताए पनि सहभागी हजारमै सीमित थिए । नारायणहिटी दरबारको गेटदेखि महेन्द्रको शालिकसम्म, निर्वाचन आयोग र ठमेल जाने चोक र जयनेपाल हलसम्मको सडकमा मुस्किलले खाँदिएर बस्दा पनि ३० हजारमात्र मानिस अट्न सक्ने आँकलन गरिएकाले आजको सभामा त्यति संख्यामा उपस्थिति भएको बताइन्छ । 

    यसैगरी, आजको सरकारमा बसेको ओली नेकपाको सभामा निजामती कर्मचारीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।  आज प्रधानमन्त्रीकै पार्टीको सभा भएकाले सिंहदरवारका अधिकांश मन्त्रालयमा कर्मचारीहरु थिएनन् । कार्यालय सहयोगीदेखि उपसचिवसम्मका कर्मचारीहरुलाई सरकारको जनप्रदर्शनमा उपस्थित हुनुपर्ने उर्दी जारी गरिएको अर्थमन्त्रालयका एक अधिकृतले बताए । उनले भने, प्रधानमन्त्रीको सभामा उपस्थित हुनका लागि प्रधानमन्त्री ओलीले माघ १३ गतेकै पेशागत महासंघ विशेष जिल्ला कमिटीको भेलामा निर्देशन दिएका थिए । त्यही निर्देशन अनुसार सिंहदरवार नै खाली बनाएर कर्मचारीहरु दरबारमार्गको सभामा गएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार