Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विना काम घरबाहिर ननिस्कन नेपाली सेनाको आग्रह


    बुधबार, भाद्र २५ २०८२
    460
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँका सडकमा नेपाली सेनाले गस्ती थालेको छ।

    मंगलबार भएको जेन–जेड आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिपछि राति १० बजेदेखि सेनासहित अन्य सुरक्षा निकाय परिचालित भएका हुन्।

    सेनाले घर तथा गल्लीमा निस्किएका सर्वसाधारणलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घर फर्काइरहेको छ। आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न अनुमति दिइएको छ।

    प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेश गर्न नदिएको छ। यस्तै, अन्य सरकारी तथा संवैधानिक निकायहरूमा पनि सेना र सुरक्षाकर्मीहरू तैनाथ हुन थालेका छन्।

    जेन जेड आन्दोलनबाट उत्पन्न परिस्थिति पछि देशको समग्र सुरक्षा अवस्था नेपाली सेनाले लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार