Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • जेनजी प्रदर्शनकारीलाई संयमित रहन डा. सुन्दुक रुइतको अपिल


    मंगलबार, भाद्र २४ २०८२
    675
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। वरिष्ठ नेत्र चिकित्सक डा. सुन्दुक रुइतले संयमित रहन जेन जेड पुस्तालाई अपिल गरेका छन्।

    असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको भन्दै उनले सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित नहुने बताएका छन्।

    सामाजिक सञ्जालमा डा. रुइतले लेखेका छन्, ‘परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरू, तपाईँहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन।’

    उनले सबै मिलेर देश जोगाउनु पर्ने तथा सबै मिलेर देश बनाउनुपर्ने अपिल गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार