Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीले दिए राजीनामा


    मंगलबार, भाद्र २४ २०८२
    580
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

    हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्।

    गृहमन्त्री रमेश लेखकले हिजै राजीनामा दिएका थिए।

    उनको मन्त्रिपरिषद्का अरू ३ जना मन्त्रीले मंगलबार बिहानै राजीनामा दिएका थिए।

    २ दिनको प्रदर्शनमा कम्तीमा २० जनाको ज्यान गइसकेको छ। धेरै नेताहरूका घर तथा सम्पत्ति नष्ट भइसकेको छ।

    संसद भवनदेखि सिंहदरबारसम्म प्रदर्शनकारी प्रवेश गरिसकेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार