Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी


    मंगलबार, भाद्र २४ २०८२
    650
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगजनीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गर्न लागिएको हो ।

    अहिले आकासमा रहेका जहाजलाई अवतरण गर्न दिने र थप उडानहरू नहुने गरी विमानस्थल बन्द गर्न लागिएको ती अधिकारीले जानकारी दिए ।

    अहिले विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ । अब मुख्य गेट नै बन्दै गरेर विमानस्थलमा अन्य गतिविधि रोक्ने तयारी गरिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार