Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • कांग्रेस नेता निधिको घर तोडफोड


    मंगलबार, भाद्र २४ २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको घरमा पनि तोडफोड भएको छ । प्रदर्शनकारीहरुले बानेश्वरस्थित निधि निवासमा तोडफोड गरेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकन्ठ, महामन्त्री गगनकुमार थापाको निवास रातोपुल,, राष्ट्रपति रामचन्द्र पौडेलको निवास बोहराटार, ऊर्जामन्त्री दीपक खड्काको निवास बुढानीलकन्ठस्थित घर तोडफोड र आगजनी गरेका छन् ।

    त्यसैगरी, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोट, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमलटार, एमाले नेता गोकुल बाँस्कोटा निवास लोकन्थली, महेश बस्नेतको निवासदेखि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वर निवासमा समेत तोडफोड र आगजनी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार