Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले र कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी


    मंगलबार, भाद्र २४ २०८२
    525
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।

    आक्रोशित भिडले पार्टी कार्यालय अगाडी अहिल प्रदर्शन गरिरहेका छन् ।

    एमालेको कार्यालय अगाडी अहिले ठूलो समूहले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।

    त्यसैगरी सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पनि आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् ।

    जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए । लगत्तै आज बिहानबाटै प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।

    प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर र पार्टी कार्यालयमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार