Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • संसद विघटनले देशमा ठूलो विषम परिस्थिति सिर्जना भयाे : रामचन्द्र पौडेल


    शुक्रबार, माघ २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाल्पा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नेतृत्वको सरकारले जनताले दिएको बहुमतको रक्षा गर्न नसकेको बताएका छन् ।

    पाल्पाको रामपुरमा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपाली जनताले नेकपालाई बहुमतले जनमत दिएर पठाए पनि जनमतको रक्षा गर्न नसकेको बताए ।

    प्रतिनिधिसभा विघटनले देशमा अन्यन्तै ठूलो विषम परिस्थिति सिर्जना भएको र जनतामा निराशा छाएको उनकाे भनाइ थियाे ।

    बहुमतको प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको प्रावधान संविधानमा नभएको जिकिर गर्दै उनले विश्वासको मत लिन नसकेका अवस्थामा मात्र विघटन गर्ने अधिकार रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार