Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदर्शनकारीद्वारा प्रचण्ड निवासमा ढुंगामुढा


    मंगलबार, भाद्र २४ २०८२
    505
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् ।

    नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्डको निवास पुगेर ढुंगामुढा गरेका हुन् । उनीहरु गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन् ।

    आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ ।

    एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार