Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकाका तीनै जिल्लामा कर्फ्यू आदेश जारी


    मंगलबार, भाद्र २४ २०८२
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा कर्फ्यू आदेश जारी गरेको छ । सोमबार सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा जेनजीमाथि भएको प्रहरी दमन र सरकारको कदम प्रति आजपनि उग्र रुपमा विरोध सुरु भएसँगै काठमाडौं ललितपुर र भक्तपुरमा कर्फ्यू आदेश जारी भएको हो ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज (मंगलबार) बिहान साढे ८ बजेदेखि लागुहुनेगरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका हुन् ।

    प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेलेका अनुसार जडिबुटी, राधेराधे, बालकोट, निकोसेरा, पेप्सीकोला क्षेत्रमा कर्फ्यू जारी गरिएको हो ।

    काठमाडौं जिल्ला प्रशासनले चक्रपथभित्र अनिश्चितकालीन र ललितपुरले पनि विभिन्न स्थानमा राति १२ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरिसकेको छ ।

    सोमबार बानेश्वर लगायत देशभर भएको जेनजी पुस्ताको प्रदर्शन उग्र बन्दा १९ जनाको ज्यान गएको थियो भने चार सय बढी घाइते भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार