Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सभामा उपस्थितलाई देखाएउँदै ओलीले भने – मूल पार्टी कुन भन्ने अन्योल रहे कठैबरा मात्रै भन्न सकिन्छ


    शुक्रबार, माघ २३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मूल पार्टी कुन भन्ने अन्योलमा अझै कोही रहे कठैबरा भन्न सकिने बताएका छन् ।

    नेकपा ओली समूहले काठमाडौंमा गरेको बृहत आमसभालाई सम्बोधन गर्दै उनले आफ्नो समूह नै मूल पार्टी भएको दावी गरे । आफूहरुलाई आमसभा गर्न काठमाडाैंमा ठाउँ नै नभएको टिप्पणी उनकाे टिप्पणी थियाे । “हामीलाई काठमाडौंमा आमसभा गर्ने ठाउँ भएन् । अरुलाई जहाँ गरेपनि ठुलो हुन्छ ।” उनले भने ।

    अझै मानिसहरु कुन हो भनेर सोधिरहेका छन् । आजको कार्यकम्रमा पूर्वपश्चिम सबैतिरमा मानिसहरु रहेको र अटाउँने ठाउँ समेत नभएको दाबी गरे । नेकपाकै सबै भन्दा ठूलो पार्टी भएको बताउँदै देश बनाउने पार्टी आफूले नेतृत्व गरेको नेकपा भएको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार