काठमाडौँ । ललितपुर जिल्ला प्रशासन कार्यालयले आज साँझ ६ः०० बजेदेखि लागू हुनेगरी केही स्थानमा सभा, जुलुस, धर्ना गर्न निषेध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै विभिन्न समूह र पक्षहरूबाट आआफ्ना माग राखी उपत्यका क्षेत्रमा प्रदर्शन भएको र सो क्रममा हिंसात्मक गतिविधिलगायत हुलदङ्गा वा अशान्ति हुनसक्ने र सार्वजनिक शान्ति सुरक्षामा असर पर्न सक्ने भएको उल्लेख गर्दै विभिन्न स्थानमा सभा, जुलुस, धर्ना गर्न निषेध गरेको हो ।
कार्यालयले पुलचोकस्थित युएन हाउस र न्यायाधीश निवासको २०० मिटर क्षेत्र (पूर्वतर्फ इरानमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय र दक्षिणतर्फ राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय सहकारी विकास बोर्डको चौहद्धीभित्र), भैँसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र (पूर्वमा भैँसेपार्टीबाट बुङमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ, उत्तरतर्फ भैँसेपाटी आवास गेट र दक्षिणतर्फ इटनी जाने ओरालो सीमा कायम गरी सोभित्र) र सानेपास्थित नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय क्षेत्र (पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिर पक्की सडक)को क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि उल्लेखित कार्य गर्न निषेध गरेको हो ।
“आज साँझ ६ः०० बजेदेखि लागू हुनेगरी अर्को सूचना नभएसम्मका लागि सर्वसाधारण र सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्नाजस्ता कार्यहरू गर्न निषेध गरिएको छ, यो आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही हुनेछ”, जारी सूचनामा भनिएको छ । (रासस)
—
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend