Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो, ट्रमा सेन्टरमा मात्रै ४ जनाको मृत्यु


    सोमबार, भाद्र २३ २०८२
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा आज (सोमबार) भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

    प्रहरीको गोली लागेर घाइते भएका प्रदर्शनकारीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

    उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।

    जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।

    दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो । यद्यपि आन्दोलन रोकिएको छैन ।

    अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार