Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आन्दोलनमा घुसपैठ भएको जेनजी नेपालको आरोप, सबैजना घर फर्किन आग्रह


    सोमबार, भाद्र २३ २०८२
    795
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जेनजी नेपालले शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएको भन्दै सबैलाई घर फर्किन आग्रह गरेको छ ।

    प्रदर्शन अशान्तपूर्ण भएपछि जेनजी नेपाल नामको फेसबुक पेजबाट तत्कालै सबैलाई फर्किन आह्वान गरिएको हो ।

    जेनजी नेपालले फेसबुकमा भनेको छ, ‘धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । कृपया सबैजना सुरक्षित तरिकाले चाँडो भन्दा चाँडो त्यहाँबाट निस्किनुहोला । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’

    सामाजीक सञ्जाल प्रतिबन्धको विरोधमा नयाँ पुस्ता जेन्जीले आज काठमाडौंमा गरिएको शान्तिपूर्ण प्रदर्शन अचानक असान्त बन्न पुगेको छ । जेनजी प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर संसद भवन प्रवेश गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

    प्रदर्शनकारी र प्रहरीबीच घम्सघम्सी भएपछि प्रहरीले अश्रृग्यास र रवरको गोली चलनएको छ । रवरको गोली लागेर एक जना पत्रकार घाइते भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार