Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विराटनगर र पोखरामा पनि जेनजीको प्रदर्शन- सामाजिक सञ्जाल होइन, भ्रस्टाचार बन्द गरौं


    सोमबार, भाद्र २३ २०८२
    645
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्दको विरोधमा जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले आज काठमाडौं लगायत शहरहरुमा विरोध प्रदर्शन गरेका छन्। सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार बढेको भन्दै जेनजीले आज काठमाडौंको माइतीघर, कोशी प्रदेशको राजधानी विराटनगर र पोखरामा प्रदर्शन गरेका हुन्।

    विराटनगर प्रदर्शनमा सहभागी महेन्द्र मोरङ कलेज विराटनगरमा स्नातक पढ्दै आएका विद्यार्थी जमसेद जेके रोजले देश भ्रष्टाचारले थिलोथिलो भएको बताए।

    पोखरामा बिहानैदेखि सिमसिमे पानी परिरहेको छ । सिमेसिमे झरीका बीच पोखरा सभागृहमा पनि स्वतस्फूर्त रुपमा नयाँ पुस्ता (जेनजी)ले प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गर्नेदेखि नेताहरु भ्रस्टाचारमा लिप्त भएको आवाज उठाउँदै सभागृहमा जेनजीले प्रदर्शन गरिरहेका छन् ।

    देशमा भ्रस्टाचारमा नेताहरु लिप्त भइरहेको तर नागरिकले भने अनेक दुख खेप्नु परिरहेको आवाज उनीहरुले उठाएका छन् । पोखराका विभिन्न ठाउँबाट प्रदर्शनमा मिसिन आइरहेका जेनजीले आफरुहरुको आवाज अब सरकारले सुन्नुपर्ने बताइरहेका छन् ।

    काठमाडौंको माइतीघरमा जेन्जीको विशाल प्रदर्शन भइरहेको छ । उनीहरुले सरकारका विरुद्द नारावाजी समेत गरेका छन् । प्रदर्शनमा सहभागीहरुले हातमा विभिन्न नाराहरु लेखिएका पम्पेट बोकेको देख्न सकिन्छ ।

    प्रदर्शनलाई शान्त र सुक्षित बनाउन काठमाडौंमा सरक्षा व्यवस्ता कडा पारिएको छ । यहाँ चोक चोकमा बाक्लो प्रहरी परिचालन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार