काठमाडौँ। नयाँ पुस्ताका युवा (जेनजेड)हरुले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध माइतीघर मण्डलामा सशक्त प्रदर्शन सुरु गरेका छन् । स्वतस्स्फूर्त रुपमा भेला भएका उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरे । कतिपय विद्यार्थी स्कुल र कलेजको पोशाकमै सडकमा उत्रिएका छन् ।
यसअघि सामाजिक सञ्जालमा सीमित आक्रोशलाई पहिलोपटक सडकमा उतारेका जेनजेडलाई विभिन्न पेशा, व्यवसायी, कलाकार र स्वतन्त्र युवाले समर्थन गरेका छन् । उनीहरुले राजनीतिक दलका भ्रातृ संगठनलाई भने प्रदर्शनमा नआउन आग्रह गरेका छन् ।
सुरक्षा संवेदनशीलता बढेपछि माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । काठमाडौँ प्रहरी परिसरका एक अधिकारीका अनुशार माइतीघर र बानेश्वर क्षेत्रमा सुरक्षा कडाई पारिएको छ ।
प्रदर्शन स्थलमा ६ जना डीएसपीसहित करिब पाँच सय प्रहरी खटिएका छन् । उपत्यकाभर करिब २५ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले प्रदर्शनको प्रकृतिअनुसार रणनीति परिवर्तन गर्ने निर्णय पनि गरेको थियो ।
युवाहरूले सामाजिक सञ्जालमार्फत ‘नेपो बेबी’ ट्रेन्ड समेत चलाएका छन् । नेताका छोराछोरीले पदको आडमा विशेष सुविधा लिएको भन्दै उनीहरूको विरोध सुरु भएपछि नेताका निवास वरिपरि पनि सुरक्षा कडाइ गरिएको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend