Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संवैधानिक नियुक्तिविरूद्ध सभामुख सापकोटाको रिट निवेदनमा ३९ जना विपक्षी


    शुक्रबार, माघ २३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संवैधानिक परिषद्को सिफारिसमा सरकारले विभिन्न आयोगहरुमा गरेको नियुक्ति बदरको माग गर्दै सभामुख अग्नि सापकोटाले सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

    सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार परिषद्को सिफारिस, नियुक्ति र नियुक्ति पाएकाहरुको कामकारवाही बदरको माग गर्दै सर्वोच्चमा दायर रिटमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत ३९ जनालाई विपक्षी बनाइएको छ । रिट निवेदन दर्ता गर्न सभामुख सापकोटा शुक्रबार आफै सर्वोच्च अदालत पुगेका थिए ।

    यसैबीच सभामुख सापकोटाले अहिले केहीबेरमा सिंहदरवारस्थित कृषि समितिको हलमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिने भएका छन् । त्यसका लागि १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको सल्लाहकार न्यौपानेले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार