Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सामाजिक सञ्जाल बन्दबारे विकल्प खोज्ने कांग्रेसको निर्णय


    आइतबार, भाद्र २२ २०८२
    670
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने निर्णय गरेको छ ।

    पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने निर्णय गरेको हो ।

    नेता बलबहादुर केसीले सरकारको पोजिसन बुझेर सर्वोच्चको परमादेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्दको निर्णयमा कडाइ नगर्ने निर्णय भएको जानकारी दिए ।

    त्यस्तै बैठकले सामाजिक सञ्जाल बन्दका विषयमा सरकारसँग छलफल गरी विकल्प खोज्ने समेत निर्णय गरेको छ । नेपालमा दर्ता नभएका फेसबुक लगायत सामाजिक सञ्जाल बन्द गरेसँगै सरकारको चौतर्फी विरोध भइरहेका बेला कांग्रेसले उक्त निर्णय गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार