Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनचाँदीको भाउ निरन्तर उकालोतिर, तोलाको कति पुग्यो ?


    आइतबार, भाद्र २२ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

    गत शुक्रबार प्रतितोला दुई लाख १० हजारमा कारोबार भएको सुनको भाउ आज दुई हजारले बढेर दुई लाख १२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज चाँदीको भाउ पनि तोलामा १० ले बढेको छ । आज एक तोला चाँदी दुई हजार ५०० मा किनबेच भइरहेको छ ।

    गत बुधबार एक तोला सुन दुई लाख सात हजार ९०० र चाँदी दुई हजार ४८० मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार