Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ओलीको तमासा हेरेर बस्दैनौँ, हाम्राे आन्दोलन जारी छ : माधव नेपाल


    शुक्रबार, माघ २३ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली सरकारका गलत कदमविरुद्ध सडक संघर्ष जारी राख्ने बताएका छन् ।

    प्रचण्ड–नेपाल समूहले शुक्रबार सानेपामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रतिगमनविरुद्ध आफूहरुको आन्दोलन जारी रहने बताए ।

    प्रधानमन्त्री ओलीको गलत कदमविरुद्ध चुप लागेर नबस्ने बताए । ‘‘केपी ओलीले जे–जे गर्छन्, तमासा हेरेर बस्नेवाला छैनौँ,’’ उनले भने, ‘हामी उनको असंवैधानिक कदमका विरुद्धमा, प्रतिनिधिसभा विघटनको विरुद्धमा निरन्तर सडक आन्दोलनमा छौँ ।’’

    उनले आफूहरुले यही माघ २८ गते बृहत् विरोध कार्यक्रम गर्न लागेको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार