Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • अध्यक्ष ओलीले कर्ण थापालाई फरकमत राख्नबाट रोके


    शनिबार, भाद्र २१ २०८२
    855
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत राख्नबाट रोकिएको छ ।

    शनिबार सुरु भएको बन्दसत्रमा एमाले स्थायी समिति सदस्य कर्णबहादुर थापाले  फरक मत राख्न खोज्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले रोकेका छन् ।  थापा एक घन्टासम्म उभिए, तर ओलीले उनलाई बन्दसत्रमा फरकमत राख्न दिएननन् ।

    बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवदेनमाथि समूह विभाजन हुन लाग्दा स्थायी कमिटीका सदस्य थापाले बोल्न लाग्दा ओलीले रोकेका हुन् । अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि समूहमै आफ्ना कुरा राख्न निर्देशन दिएका थिए । अध्यक्ष ओलीले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको र विधान संशोधनको प्रस्तावमा समूहमै छलफल गर्न सकिने उल्लेख गर्दै हलमा अन्य प्रतिनिधले पनि बोल्न चाहेमा समय दिने नदिने भन्ने प्रश्न आउने भएकाले समूहमा गहन छलफल गर्न सबैमा आग्रह गरेका थिए ।

    अध्यक्ष ओलीसँग सहमति लिएर नेता थापाले आफ्ना मतहरु पर्चामार्फत् शुक्रबार हलमा वितरण गरेका थिए । शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आफ्ना दस्तावेज प्रस्तुत गरेका थिए ।
    दोस्रो दिन आज केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा, लेखा आयोग अध्यक्ष डा पुष्प कँडेल र अनुशासन आयोग अध्यक्ष केशव वडालले आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ती सबै प्रतिवेदनमा छलफल गर्नका लागि गठित दश समूहले आज दिनभर छलफल गर्नेछन् ।
    समूहको टोली नेताबाट हलमा हुने प्रस्तुतिका समयमा बहस नोटका लागि सचिव लेखराज भट्टको संयोजकत्वमा कमिटी बनाइएको छ । महाधिवेशन आइतबार सम्पन्न हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार