PEMA LAMA
धुलिखेल ।पछिल्लो समय ‘पञ्चकन्या झरना’ सुनसानजस्तै छ । पहिला झरनाको वरीपरी आनन्द लिनेहरूको घुइँचो लाग्ने गथ्र्यो तर अहिले उक्त स्थानमा मानिसहरू बिरलै पुग्ने गरेका छन् ।
एक वर्ष अगाडि गएको बाढीपहिरोको कारण त्यहाँसम्म जाने सडक र आसपासको क्षेत्रमा पुगेको क्षतिका कारण काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खारखोलामा रहेको पर्यटकीय झरना ओझेलमा पर्दै गएको हो ।
पनौती–रोशी बजार–सिरुखोला–पचारेदोभान र खारखोला भएर झरना जाने बाटो बाढीले बगाएपछि पर्यटकलाई त्यहाँसम्म जानका लागि समस्या भएको छ । अहिले मानिसको आवागमन कम हुँदै गएको पञ्चकन्या ट्राउट हाउस एण्ड मिनि रिसोर्ट सञ्चालन गर्दै आउनुभएका सञ्चालक दीपेन्द्र लामिछानेले बताउनुभयो ।
“एकातिर बाढीले पोखरी र बाटोमा क्षति पुर्यायो, अर्कोतिर काठमाडौँबाट आउने पर्यटकका लागि सूर्यविनायक–साँगा–धुलिखेलको सडक विस्तारका कारण बाटो असहज भएपछि मानिसहरूको आगमन कम भइरहेको छ”, उहाँले भन्नुभयो, “झरनाको आकर्षण बढाउन, पोखरी र बाटोको संरचना निर्माणका लागि नगरपालिकाबाट आवश्यक बजेटको व्यवस्थापन भइसकेकाले अब छिट्टै बन्ने अवस्थामा छ ।” पर्यकीयस्थलको संरचनामा क्षति पुगेपछि व्यवसायमा समेत असर परेको उहाँले बताउनुभयो ।
खारखोलाका स्थानीयवासी मैयाँ हमालले झरनाको पोखरी र त्यहाँ जाने बाटो नै बाढीले बगाएपछि आफ्नो पसल अगाडि सडक मर्मत गर्दा बनेको खोलाको पोखरीसम्म आएर पौडी खेलेर फर्कने गरेको बताउनुभयो । बाढीले धेरै क्षति पुर्याएको यस ठाउँमा स्थानीय सरकारले समयमा नै संरचना पुनर्निर्माण नगर्दा व्यवसायमा मन्दी आउनुका साथै स्थानीय कृषि उत्पादन वस्तु बिक्री गर्न नपाएको स्थानीयको गुनासो छ ।
पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसी खत्रीले बाढीले क्षति पुर्याएको झरनाको पोखरी बनाउनको लागि यस आर्थिक वर्षमा रु पाँच लाख बजेट व्यवस्थापन भइसकेको बताउनुभयो । “अब झरनाको पोखरी र त्यहाँसम्म जाने बाटो व्यवस्थित बनाउनको लागि नगर र वडाले योजना बनाइसकेको छ,” उहाँले भन्नुभयो ।
हरियाली वनजङ्गलको फेदमा लेकबाट आएको चिसो र कञ्चन पानीको झरनामा रुझ्दै पौडी खेल्ने र आराम गरी मनोरञ्जन लिने पोखरी र त्यहाँसम्म जाने बाटोको संरचना नै बगाएपछि त्यहाँको आकर्षण गुमेको छ । विशेष गरेर गर्मीयाममा घुइँचो लाग्ने गरेको सो ठाउँमा शनिबार र बिदाका दिन घुम्न जानेहरूको गन्तव्यस्थल हो । (रासस)
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend