Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हाम्रो पात्रो सञ्चार मन्त्रालयमा सूचीकृत


    शुक्रबार, भाद्र २० २०८२
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सामाजिक सञ्जालहरूको सूचीमा हाम्रो पात्रो सूचीकृत भएको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा शुक्रबार हाम्रो पात्रोले आफ्नो एप्स सूचीकृत गरेको हो ।

    हिजोमात्रै सरकारले विभिन्न २६ वटा सामाजिक सञ्जालहरू सूचीकृत नभएको भन्दै बन्द गर्ने निर्णय गरेको थियो । सोही अन्तर्गत हाम्रो पात्रो पनि दर्ता विना नचल्ने भएपछि आज मन्त्रालयमा सुचिकृत भएको जनाइएको छ ।

    धेरै प्रयोगमा आउने फेसबुक भने हिजोबाटै केही इन्टरनेट सेवा प्रदायकहरूले चल्न रोक लगाएका थिए । सरकारको यो निर्णयको धेरैले विरोध गरिरहेका छन् भने केहीले स्वागत पनि गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार