Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ओली सरकारको बर्बर दमनः गम्भीर घाइते झा र यादवलाई काठमाडौं ल्याइयो


    बिहिबार, माघ २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ओली सरकारको दमनको शिकार झा र यादव

    काठमाडौं । केपी ओली नेतृत्वको सरकारले संविधान बिपरीत गरेको प्रतिनिधिसभा बिघटन र संवैधानिक नियुक्तिका बिरुद्ध नेकपा (प्रचण्ड–माधव) समुहले बिहीबार गरेको आमहड्ताल कार्यक्रममा जनकपुरमा प्रहरीले गोली नै चलाएको छ । प्रहरीले जनकपुरधाममा गरेको दमनका क्रममा नेकपा नेता मातृका यादव र रामचन्द्र झा गम्भीर घाइते भएका छन् ।

    जनकपुरमा प्रदर्शनका क्रममा प्रहरीले निर्घात कुटपिट गर्दा रामचन्द्र झाको टाउकोमा चोट लागेको छ । मातृका यादवलगायतका नेतालाई गोली लागेको छ । नेताद्वय यादव र झालाई जनकपुरमा उपचार हुन नसकेपछि काठमाडौंमा रिफर गरिएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यादव र झाको उपचार ट्रमा सेन्टरमा भइरहेको जानकारी दिएका छन् ।  

    जनकपुरको प्रदर्शनमा प्रहरी दमनका क्रममा शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया र अर्का जिल्ला नेता प्रदीप साह पनि गम्भीर घाइते भएका छन् । उनीहरुलाई पनि अवस्था गम्भीर भएपछि काठमाडौंमै उपचारका लागि ल्याइएको छ । ओली सरकारको दमनको शिकार भएका नेकपा स्थायी समिति सदस्य रामचन्द्र झाको अवस्था झन् गम्भीर रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रहरीको दमनमा झाको टाउकोमा गम्भीर चोट लागेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार