Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • चितवन, मकवानपुर र धादिङमा आइतबार सार्वजनिक बिदा


    शुक्रबार, भाद्र २० २०८२
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । यही भदौ २२ गते आइतबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ ।

    बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी) को अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा आइतबार बिदा दिएको हो ।

    चेपाङ जातिले न्वागीलाई महत्वपूर्ण पर्वको रूपमा मनाउँदै आएका छन् । बागमतीका चितवन, मकवानपुर र धादिङमा चेपाङ जातिको बसोबास रहेको छ ।

    २०७८ सालको जनगणनाअनुसार नेपालमा चेपाङ जातीको जनसङ्ख्या ८४ हजार ३ सय ६४ मात्रै छ। मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङ समुदायको बसोबास छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार