Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी


    बिहिबार, भाद्र १९ २०८२
    480
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको पटक(पटक स्थगित पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । बैठकमा समसामयिक राजनीति र स्थायी समितिका निर्णयहरूको कार्यान्वयनलगायत विषयमा छलफल भइरहेको छ ।

    यसअघि स्थायी समितिको निर्णय कार्यान्वयनका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ ३ गते बैठक बोलाएका थिए । तर, नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न हस्ताक्षर अभियान सुरु गरेपछि उक्त बैठक छोटो समय बसेर स्थगित भएको थियो ।

    त्यसपछि भदौ ६ र ८ गतेका लागि तय भएको बैठक पनि प्रचण्डले कार्यव्यस्तताका कारण स्थगित गरेका थिए । गत साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले पार्टीभित्रका गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार