Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले लगाए दर्ज्यानी चिह्न


    बिहिबार, भाद्र १९ २०८२
    525
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिह्न लगाएका छन् । १३ भदौमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई १९ भदौदेखि लागू हुने गरी नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    खापुङलाई आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिए ।

    निवर्तमान प्रहरी महानिरीक्षक दिपक थापाले भदौ १८ गतेदेखि अवकाश पाएपछि खापुङले आजबाट नेपाल प्रहरीको कमाण्ड सम्हालेका छन् । दर्ज्यानी चिह्न लगाएपछि उनले आजै प्रहरी प्रधान कार्यालय नक्शाल पुगेर पदभार ग्रहण गर्ने छन् ।

    उनको पालामा पनि नयाँ प्रहरी ऐन जारी भए उनको सेवाअवधिमा अहिलेको प्रावधान अनुसार ६ महिना थपिनेछ । नभए उनी पनि ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार