Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजको आमहडतालमा कहाँ के भयो?


    बिहिबार, माघ २२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विहानैदेखिको बन्द तथा आमहडतालले विभिन्न स्थान झडप हुनुका साथै सवारीसधान तोडफोड भएको छ।

    संघर्ष समितिका सदस्यसमेत रहेका पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको फेसबुकमार्फत पाँच बजेपछि आमहड्ताल अन्त्य हुने बताएका छन् ।

    नेता रिजालका अनुसार मोरङमा १६ जना नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरमा रामचन्द्र झा, मातृका यादवलगायतका १० जना नेता कार्यकर्ताहरु घाइते र १२ जना गिरफ्तार भएका छन् । त्यस्तै, बीरगञ्जबाट ३५, विराटनगर ७ जना र धरानबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    यसअघि बिहीबार बिहान कलंकीबाट नेताहरु अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, विजय पौडेल, अमृता थापालगायत कार्यकर्ता पक्राउ परेका थिए । त्यस्तै, चाबहिलबाट कृष्ण केसी, बागबजारबाट विद्यार्थी नेता रमेश मल्ललाई प्रहरीले पक्राउ गरिएको छ । काठमाडौंमा पक्राउ परेका नेता कार्यकर्तालाई महाराजगञ्जमा राखिएको छ ।

    बिहीबारको आमहड्ताल समग्रमा सफल भएको प्रचण्ड–नेपाल समूहले दावी गरेको छ । प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा सो नेकपा प्रचण्ड–माधव समूहले आमहड्ताल घोषणा गरेको हो । प्रतिनिधिसभा विघटनको विरुद्धमा यो समूहले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

    11111111111nnnnn.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार