Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन: परराष्ट्र सचिव राई


    बिहिबार, भाद्र १९ २०८२
    475
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको पुनस्स्पष्ट गरेको छ ।

    चीनको थियानजिनमा आयोजित सांघाइ सहयोग संगठन (एससिओ)प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यही भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा जिएसआईमा ‘नेपालले सहमति जनाएको’ भनेर सार्वजनिक भएका समाचार आधारहीन भएकाले भ्रममा नपर्न सरकारले अनुरोध गरेको छ ।

    संक्षिप्त कुरा गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले ‘मुलुकले अंगीकार गरेको असंलग्न परराष्ट्र नीतिप्रति सरकार पूर्ण प्रतिबद्ध छ, परराष्ट्र सम्बन्धलगायत संवेदनशील विषयमा वास्तविकता नबुझी टीकाटिप्पणी नगर्न सम्बद्ध सबैमा मेरो आग्रह छ ।’ प्रधानमन्त्री ओली र राष्ट्रपति सी नेतृत्वको वार्तामा सहभागी परराष्ट्र सचिव राईले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा दुवै नेताबीच छलफल भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार