काठमाडौ। भाद्र २० देखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको समुद्घाटन भाद्र २० गते बिहान ११ बजे विशेष समारोहका बीच पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ।
आज नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले गरेको पत्रकार सम्मेलनमार्फत जारी गरिएको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ।विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशनको उद्घाटन कार्यक्रम भाद्र २० गते बिहान ११ बजे एक विशेष समारोहका बीच पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ।’ उक्त विज्ञप्तिमा भनिएको छ कि महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकको हैसियतमा थप ३१५ जना सहभागी हुनेछन्। यसरी सहभागीको कुल संख्या २३४१ हुनेछ ।
महाधिवेशनलाई ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासाथ भव्य र सभ्य ढंगले सम्पन्न गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गर्नुहुनेछ। महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा। पुष्प कककडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना प्रतिवेदन पेस गर्ने व्यवस्था मिलाइएको छ। प्रस्तुत प्रतिवेदनमाथि सहभागी प्रतिनिधिहरूबीच समूहगत छलफल हुनेछ। विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व समेत चयन गर्नेछ।’
अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति विश्लेषण गर्दै वर्तमान चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्ने बताइएको छ। यस प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण, नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष प्रस्ताव तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय गन्तव्यको रूपमा अगाडि बढाउने मार्गचित्र समावेश गरिएको छ। यसले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा निर्माण गर्ने कार्यमा जोड दिइनेछ, भनेर विज्ञप्तिमा उल्लेख छ।
उपाध्यक्ष पौडेलको विधान संशोधन प्रस्तावमा पार्टीमा दुईखाले सदस्यता व्यवस्था, ७० वर्षे उमेरहद हटाउने, जिल्ला कमिटीलाई कार्यकारी बनाउने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्यूरो र १५ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था प्रस्ताव गरिएको छ। साथै, पदाधिकारीमा अनिवार्य रूपमा एक महिला रहने व्यवस्था पनि राखिएको विज्ञप्तिमा उल्लेख छ।
महासचिव पोखरेलले प्रस्तुत गर्ने संगठनात्मक प्रतिवेदनमा पार्टी निर्माणका चुनौती र समाधानका उपाय, राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र, राजनीतिक स्थायित्व, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, विकास, समृद्धि र सुशासनका विषयमा स्पष्ट धारणा राखिएको छ। यसले पार्टीलाई मुलुककै निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने दृष्टिकोण प्रस्तुत गरिनेछ।
महाधिवेशनलाई सफल बनाउन आठ वटा उपसमिति गठन गरिएको छ। प्रतिनिधि व्यवस्थापन, आवास, स्वयंसेवक परिचालन, स्वास्थ्य, प्रचार, मञ्च सजावट, सांस्कृतिक कार्यक्रम, खाद्य तथा सचिवालय र स्वागत गेट व्यवस्थापनका लागि छुट्टाछुट्टै जिम्मेवारी तोकिएको छ। सातदोबाटो चोकदेखि गोदावरीसम्म यातायात व्यवस्था, झाँकी प्रदर्शन, स्वागत गेट र सजावटका काम पूरा भइसकेको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend