Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण


    बिहिबार, भाद्र १९ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि कुटपिट भएको छ । उनीमाथि
    गएराति कपनस्थित घर नजिकै कुटपिट भएको हो ।

    कपनस्थित कार्यालयबाट प्रगतिनगरस्थित घरतर्फ जाँदै गर्दा भण्डारीमाथि करिब ८ बजे आक्रमण भएको रास्वपाका सचिवालय सदस्य दीपक बोहराले जानकारी दिएका छन्। उनलाई बुधबार राति नै चाबहिल चुच्चेपाटीमा अवस्थित स्तूपा सामुदायिक अस्पतालमा ल्याएर उपचार गरिएको थियो ।

    उनका अनुसार मोटरसाइकलमा रहेका तीन जना व्यक्तिहरुमध्ये एकजनाले रडले टाउकोमा र अर्कोले खुट्टामा प्रहार गरेका थिए ।आक्रमणकारी को हुने भन्ने खुलेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार