काठमाडौं । आजदेखि अनिवार्य अवकासमा जान लागेका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र अतिरिक्त महानिरीक्षकहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई बिदाई गरिएको छ।
विदाइ कार्यक्रमपछि तीनैजनालाई प्रहरी प्रधान कार्यालयबाट निवाससम्म स्कर्टिङसहित पुर्याउने तयारी छ । उनीहरूलाई भावि प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले विदाइ गर्ने कार्यक्रम रहेको छ ।
अघिल्लो साता नै खापुङलाई सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ। हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख रहेका खापुङले बिहीबारदेखि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन्।
आईजीपी थापा नेतृत्व सम्हालेको करिब साढे पाँच महिनामै विदा भएका हुन् । उनले गएको चैत ५ गतेदेखि प्रहरीको नेतृत्व गरेका थिए।
दुई एआईजी र थापा ३० वर्षे सेवा अवधिका कारण अवकास हुन परेको हो। उनीहरू तीनै जना २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका थिए।
आजै उनीहरूलाई गृहमन्त्रालयबाट गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले पनि बिदाइ गरिसकेका छन् ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend