Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली


    बुधबार, भाद्र १८ २०८२
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

    गत शनिबारदेखि चीन भ्रमणमा रहेका ओली आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्किएका हुन् ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, उनी आज साँझ साढे ८ बजे काठमाडौं आइपुग्ने छन् ।

    शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली त्यसतर्फ गएका हुन् ।

    यसक्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतसँग द्वीपक्षीय भेटवार्ता गरेका थिए ।

    सम्मेलनकै क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार