Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • नेप्से परिसूचक १५ अंकले घट्यो


    बुधबार, भाद्र १८ २०८२
    760
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १५।६४ अंकले घटेर २७२६।३३ विन्दुमा अडिएको हो।

    कारोबार रकम ४ अर्बमा खुम्चिएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक १९ अंकले घटेको थियो। यसदिन ३२६ स्क्रिप्सको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ९६० रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३९ वटा स्टक्सको मूल्य बढ्दा २१३ वटाको घट्यो।

    यसदिन हिम स्टार उर्जाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उक्त कम्पनीको सेयर ९.९९ प्रतिशतले बढ्दा युनियन हाइड्रुोपावरको सेयर ७.०३ प्रतिशतले बढ्यो।

    कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड ८० मूल्य बराबरको सेयर खरिदबिक्री भयो। लिबर्ट्री इनर्जीले २७ करोडको सेयर कारोबार गर्दा हिमालयन रिइन्स्योरेन्सले २४ करोड र पञ्चकन्या माइ हाइड्रोपावरको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार