जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गरेकाे बन्दमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
जनकपुरमा भएकाे झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्याससमेत प्रहार गरेको छ । नेकपाका नेता कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले लाठी प्रहारका साथै हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।
प्रहरीको लाठी प्रहारबाट नेकपाका नेता एवं पूर्व सांसद रामचन्द्र झासहितका केही नेता/कार्यकर्ता घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।
पूर्वमन्त्री समेत रहेका नेता झाको टाउकोमा चोट लागेपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले ९ जना बन्दकर्तालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले बन्दकर्तामाथी दमन गरेको भन्दै आक्रोशित बन्दकर्ताले ना १ क ५१२ नम्बरको प्रहरीको भ्यान र ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend