काठमाडौं । काठमाडौंको गोङ्गबुबाट बरामद भएको रकम ४ करोड बढी रहेको पुष्टि भएको छ ।
नेपाल प्रहरीका अनुसार मंगलबार रातिसम्म गरेको गणनामा बरामद रकम ४ करोड २५ लाख ५० हजार रुपैयाँ रहेको पाइएको हो। त्यस्तै ९ किलो ३९ ग्राम सुनका गहना र ३ किलो २१ ग्राम चाँदीका गहना पनि प्रहरीले बरामद गरेको छ ।
काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बरामद भएको रकम ४ करोड २५ लाख ५० हजार र ९ किलो ३९ ग्राम सुन र ३ किलो २१ ग्राम चाँदीका गहना बरामद गरिएको जानकारी दिए ।
काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरमा नगद र सुन रहेको जानकारी पछि प्रहरीले छापा मारेको थियो ।
श्रेष्ठको घरमा अवैध रुपमा लुकाएर राखिएको नगद र सुन प्रहरीले बरामद गरेको थियो । यी गहना धितोमा राखेर उनले मिटरब्याजमा रकम लेनदेन गर्ने खुलेको छ ।
नगद र सुनसहित पक्राउ परेका विनोदकुमार श्रेष्ठलाई राजश्व अनुसन्धान विभागमा पठाइने भएको छ । बरामद रकम र सुनसहित श्रेष्ठलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाउने लागेको एसपी बोहराले बताए ।
श्रेष्ठको कसुर प्रहरीले भन्दा पनि विभागले हेर्ने किसिमको रहेकाले त्यहाँ पठाउन लागिएको एसपी बोहराले बताए ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend