Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २ लाख घुससहित मालपोत कार्यालयका नासु अख्तियारको नियन्त्रणमा


    बुधबार, भाद्र १८ २०८२
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुससहित मालपोत कार्यालयका नासुलाई नियन्त्रणमा लिएको छ ।

    अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगदसहित मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको हो ।

    भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

    प्रवक्ता पौडेलले टोली मालपोत कार्यालय काभ्रेमा पुगेको र थप जानकारी टोली आयोग आएपछि हुने बताएका छन् ।

    भण्डारीबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार