Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आमहड्तालमा बन्दकर्ताले गरे मन्थली बजार सरसफाई


    बिहिबार, माघ २२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मन्थली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहले आमहड्ताल सफल बनाउन रामेछापकाे मन्थलीमा नयाँ शैली अपनाएका छन्।

    प्रचण्ड-नेपाल समूहले सरकारको विरोधमा आमहड्ताल सफल पार्न आग्रह गर्दै बिहीबार बिहान मन्थली बजारको सडक सफाई गरेका हुन्। प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा विचाराधिन भएको अवस्थामा सरकारले संवैधानिक नियुक्ति र जिम्मेवारी दिएपछि प्रचण्ड-नेपाल समूहले बिहीबार आमहड्तालकाे घाेषणा गरेकाे थियाे ।

    नेकपाका रामेछाप जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य देवशंकर पौडेल, सह ईञ्चार्ज श्यामकुमार श्रेष्ठ, जिल्ला अध्यक्ष मैन कुरमार मोक्तान, पूर्वसांसद तारानाराण श्रेष्ठसहितका नेता तथा कार्यकर्ताहरुले बजार सरसफाई गरेका हुन्।

    उनीहरुले झाडु, कुचो लिएर सडक सफाईमा लागेपछि स्थानीयले पनि सहयोग गरेका थिए। बन्दकर्ताहरुले बजार सरसफाई पश्चात सडकको बीचमा बसेर नाचगान र प्रदर्शन गरिरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार