Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुधबार २ हजार रुपैयाँले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    बुधबार, भाद्र १८ २०८२
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज(बुधबार) सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजारले बढेर फेरि नयाँ उच्च मुल्य कायम गरेको हो ।

    आज छापवाल सुन प्रतितोला दुई लाख ७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुन तोलामा दुई लाख ५ हजार नौ सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी ५ रुपैयाँले घटेर २ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार २ हजार ४८५ रुपैयाँमा कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार